२० असार २०८३, शनिबार

नयाँ बजेटका लागि अर्थमन्त्री पौडेलले गरे पूर्वअर्थमन्त्रीहरूसँग छलफल

नयाँ बजेटका लागि अर्थमन्त्री पौडेलले गरे पूर्वअर्थमन्त्रीहरूसँग छलफल

पूर्वअर्थमन्त्रीहरुले वास्तविकतामा आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलवार आयोजना गरेको छलफलमा उनीहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गरे । 

यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड थियो ।

आकारका आधारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

राज्यकोषमा थप दायित्व थपिने खालका कार्यक्रम नल्याउन आग्रह गर्दै उनीहरुले कोरोना प्रभावित मुलुकको अर्थतन्त्रको खास अर्थमा सम्बोधन गर्ने कार्यक्रम समावेश गर्न अनुरोध गरे ।

समयमा नै बजेट आए पनि पूँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनःरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरुले आग्रह गरेका थिए ।

छलफलमा पूर्वअर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो । 

छलफलमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा सरकारले समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गरेका थिए । सो अवसरमा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना र अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्