
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेसका पदाधिकारीको बैठक बसिरहेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बिहान पदाधिकारी बैठक बसेको हो ।
पदाधिकारी बैठक मुख्यत महाधिवेशन तयारीको विषयमा केन्द्रीत रहने एक नेताले बताए । केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बसेको हो ।
सोमवार बसेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक अवस्थाको विषयमा बोल्न खोजेपनि सभापति देउवाले यसबारे बुधवारको बैठकमा कुरा गर्ने बताएका थिए ।
यसअघि गत चैत्र २० गते केन्द्रीय समिति बैठकबाट कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । त्यसका लागि आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्म कांग्रेसको तयारी थियो ।
आज बस्ने बैठकमा यसबारे छलफल हुने एक नेताले बताए । सोमवारको बैठक क्रियाशील सदस्यताको विषयमा केन्द्रीत थियो ।