
कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गइरहेका बेला जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।
बुधवार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका क्षेत्र र सवारीसाधनमा निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जारी गरेको आदेशमा नेपालगञ्जमा मात्रै ७३५ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।
आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने जनाइएको छ ।
