०३ असार २०८३, बुधबार

कोरोना विरुद्धको खोप ४०० रुपैयाँमा बेच्दै भारतीय कम्पनी

बैशाख ८, २०७८
कोरोना विरुद्धको खोप ४०० रुपैयाँमा बेच्दै भारतीय कम्पनी
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले नयाँ मूल्यसूची जारी गर्दै प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोज खोप बेच्ने घोषणा गरेको छ ।

सिरमले निजी अस्पताललाई भने ६०० रुपैयाँमा खोप बेच्ने भएको छ । भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेपछि कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

यसअघि केन्द्र सरकारले मात्रै खोप खरिद र वितरणको काम गर्दै आएको थियो । अब भारतमा निजी अस्पताल र प्रदेश सरकारले खोप खरिद गरेर लगाउन सक्ने भएका छन् ।

उत्पादन भएकोमध्ये ५०% खोप अझै पनि केन्द्र सरकारले नै राख्ने छ भने बाँकी खोप मात्रै प्रदेश सरकार र निजी अस्पताललाई कम्पनीले बिक्री गर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्