३० जेठ २०८३, शनिबार

नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयहरूलाई एनओसी नचाहिने

बैशाख ८, २०७८
नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयहरूलाई एनओसी नचाहिने

भारतबाट हवाईमार्ग हुँदै नेपाल आउने अनि यताबाट तेस्रो मुलुक जाने भारतीय राहदानी धारकहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाउनु नपर्ने भनी काठमाडौंस्थित भारतीय दूतावासले बुधवार सूचना जारी गरेको छ ।

यो सुविधा बिहीवारदेखि जुन १९ सम्म लागू हुने दूतावासको कथन छ ।

तर भारतबाट नेपालमा स्थलमार्ग भएर प्रवेश गर्ने वा राहदानीबाहेकका अन्य परिचयपत्र लिएर आएका भारतीयहरूले तेस्रो मुलुक जानुपरेमा काठमाडौंमा रहेको भारतीय दूतावासबाट एनओसी लिनुपर्नेछ ।

यस विषयमा त्रिभुवन विमानस्थलमा रहेका इम्मिग्रेसन अधिकारीहरूलाई जानकारी गराइसकेको र उनीहरूले भारतीय यात्रुहरूलाई तेस्रो मुलुक जानका लागि सहजीकरण गर्ने भारतीय दूतावासले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्