अख्तियारको ‘स्टिङ अपरेसन’ रोक्ने सर्वाेच्च अदालतको फैसला

सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेसन’ रोक्ने फैसला सुनाएको छ ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले संघीय संसद सहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण रिटमा बुधवार फैसला सुनाउँदै संवैधानिक इजलासले ‘स्टिङ अपरेसन’ रोक्न आदेश गरेको हो ।


Advertisement

अधिवक्ता घिमिरेले ‘स्टिङ अपरेसन’ रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । अख्तियारले घुससहित रङ्गेहात पक्राउ गर्न ‘स्टिङ अपरेसन’ गर्दै आएको थियो ।

२०७४ पुस २ गते दायर गरिएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै बुधवार फैसला सुनाइएको हो । फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने सर्वाेच्च अदालत स्रोतले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्