२१ जेठ २०८३, बिहीबार

सांसद कोमल वलीले गरिन् ‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ उद्घाटन

सांसद कोमल वलीले गरिन् ‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ उद्घाटन

विगत १३ वर्षदेखि ब्युटी पार्लर क्षेत्रमा कार्य गर्दै आएकी रिता सिलवालले आफ्नै स्वामित्वमा ‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ सञ्चालनमा ल्याएकी छन् ।

कमलादीस्थित काठमाडौं प्लाजासँगै सिटी मलको छेउमा रहेको भवनको पहिलो तल्लामा एकेडेमी सञ्चालनमा ल्याएको छ ।   

एकेडेमीको उद्घाटन सांसद तथा सञ्चारकर्मी कोमल वलीले गरेकी छन् ।

उद्घाटन कार्यक्रममा सांसद वलीले भनिन्, ‘महिलालाई उद्यमी बनाउन अभिप्रेरित गर्ने हेतुले म स्वयं यहाँ उपस्थित भएँ । यस्तो खालको व्यवसायले रोजगारी समेत प्रदान गरेर राज्यलाई ठूलो सहयोग गर्नेछ ।’

सरकारले महिला उद्यमीलाई विशेष प्राथमिकतामा राखेको सांसद वलीले बताइन् ।

कार्यक्रममा बोल्दै एकेडेमीकी सञ्चालिका रिता सिलवालले पारिवारिक वातावरणमा सेवा प्रवाह गर्ने बताइन् । ‘ग्राहक आउँदा उहाँहरूमा केही समस्या छ कि छैन, त्यो सबै चेक गरेर मात्र सर्भिस दिइने छ,’ उनले भनिन्, ‘हाम्रो पहिलो दायित्व नै ग्राहकको सन्तुष्टि हो । शुरूआतमा ६ जना स्टाफबाट सर्भिस दिने र आवश्यकताको आधारमा थप्दै जानेछौं । हाम्रो सेवा गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्