३१ जेठ २०८३, आइतबार

युरिक एसिड नियन्त्रणमा राख्न खाने गर्नुस् काँक्रो

बैशाख ८, २०७८
युरिक एसिड नियन्त्रणमा राख्न खाने गर्नुस् काँक्रो

गलत जीवनशैली र खानपानका कारण मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गरेका छन् । 
 

युरिक एसिड पनि यस्तै गलत खानपानले हुने गर्छ । शरीरमा प्युरिन नामक प्रोटीन बढेपछि युरिक एसिड पनि बढ्छ । 

यसलाई नियन्त्रण नगर्दा उच्च रक्तचाप, मधुमेह, थाइराइड जस्ता रोग लाग्छ । यसले मिर्गौलामा पनि गहिरो असर पार्छ । 

काँक्रोले युरिक एसिड नियन्त्रणमा राख्छ । काँक्रोमा भिटामिन ए, बी१, बी६, सी, डी, फाइबर, पोटेसियम, आइरन लगायतका तत्त्व पाइन्छन् । 

काँक्रोको जुस बनाएर पनि पिउन सकिन्छ । 

पहिला काँक्रोलाई धोएर खुर्किनुस् । 

अनि यसको सानो टुक्रा पारेर मिक्सी वा ग्राइन्डरमा हालेर जुस बनाउनुस् । 

त्यसमा पुदिनाका केही पात पनि हाल्न सकिन्छ ।
 

जुुसलाई छानेर गिलासमा राख्नुस् । 

त्यसमा अलिकति कागतीको रस र सीधे नून राख्नुस् र पिउनुस् । 

काँक्रोको जुस बिहान खाली पेट पिउँदा फाइदा हुन्छ । 

काँक्रो सेवन गर्दा हुने फाइदा
यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ । 

छालालाई गहिरो गरी पोषण दिएर अनुहार चम्किलो बनाउँछ । 

यसको जुस पिउँदा इन्सुलिन नियन्त्रणमा रहन्छ । मधुमेहबाट बच्न सहायता गर्छ । 

यसमा भएको फाइबरले पाचनप्रणाली सही राख्छ । कब्जियत, हावा भरिने, पेट दुख्ने समस्याबाट मुक्ति पाइन्छ । 

इम्युनिटी बलियो भएर दिनभरि ताजा अनुभव हुन्छ । 

शरीरमा जमेको अतिरिक्त बोसो घटेर सुडौल शरीर बन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्