०९ असार २०८३, मंगलबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

स्थायी कमिटी बैठकको दोस्रो दिन बुधवार सरकारलाई समर्थन नरहेको एजेन्डाबारे छलफल गर्दै बैठकले समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

नयाँ सरकार बन्ने सुनिश्चितता नभएको भन्दै माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट भने माओवादी फिर्ता भइसकेको छ ।

सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि माओवादीले आफ्नो मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्