गोदरेजको नयाँ उत्पादन भिरोशील्ड नेपाली बजारमा

गोदरेज एप्लिएन्सको नयाँ उत्पादन भिरोशील्ड नेपाली बजारमा सार्वजनिक भएको छ ।

कोरोना महामारीको विषम परिस्थितिलाई लक्षित गर्दै भिरोशील्ड उत्पादन गरिएको गोदरेजले जनाएको छ । 


Advertisement

भिरोशील्डले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्ने गोदरेजको दावी छ । 

यसमा खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, ससाना उपहार, मोबाइल, ट्याबलेट, वालेट, पर्स, गरगहना, घडी जस्ता सामाग्रीहरूलाई डिस्इन्फेक्ट गर्ने गोदरेजको भनाइ छ । 

नेपाली बजारमा ३० लिटर क्षमताको भिरोशील्ड पाइने गोदरेजले जनाएको छ । यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले पनि प्रमाणित गरेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्