
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कोरोना भाइरस संक्रमण घटेका बेला राम्रो तयारी नगर्दा अहिले परिस्थिति जटिल बनेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले कोरोना महामारी डरलाग्दो भइरहेको बताए ।
उनले लेखेका छन्, ‘कोरोना महामारी डरलाग्दो हुँदैछ । महामारी घटेको बेला सरकारले सम्भावित दोस्रो लहरको राम्रो तयारी नगर्दा अहिले परिस्थिति जटिल बनेको छ । यस अवस्थामा मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने काम अनिवार्यरूपले गरौं । सरकारको मात्र भर नपरी महामारीबाट बच्न आफू पनि सजग बनौं ।’
कोरोना महामारी डरलाग्दो हुंदैछ।महामारी घटेको बेला सरकारले संभावित दोस्रो लहरको राम्रो तयारी नगर्दा अहिले परिस्थिति जटिल बनेको छ।
— Kamal Thapa (@KTnepal) April 21, 2021
यस अवस्थामा मास्क प्रयोगगर्ने, भौतिक दूरी कायमगर्ने,साबुन पानीले हातधुने काम अनिवार्यरूपले गरौँ। सरकारको मात्र भर नपरी महामारीबाट बच्न आफुपनि सजग बनौं