१२ असार २०८३, शुक्रबार

ओलीसँगको भेटवारे कुनै प्रतिक्रिया नदिइ बाहिरिए माधवकुमार नेपाल

ओलीसँगको भेटवारे कुनै प्रतिक्रिया नदिइ बाहिरिए माधवकुमार नेपाल

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार साँझ भएको वार्ताबारे एमाले नेता माधवकुमार नेपालले पत्रकारहरुलाई प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
 ओली र नेपालबीच काठमाडौंको नागपोखरी स्थित एक पाँचतारे होटलमा बुधवार साँझ झण्डै २ घण्टा वार्ता भएको थियो ।

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको समयमा ओली र नेपालबीच बुधवार भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकपछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बाक्लो संख्यामा उपस्थित पत्रकारहरुले प्रतिक्रिया मागेपनि नेपालले एकै शव्द नबोली गाडीमा बसेर बाहिरिएका थिए ।

ओली र नेपालबीच ३५ दिनपछि औपचारिक वार्ता भएको हो । यसअघि गत चैत्र २ गते धुम्वराही स्थित पार्टी कार्यालयमा छलफल भएको थियो । पार्टीहित विपरितका गतिविधीमा सहभागि भएको भन्दै ओलीले नेपाल सहित ४ जना नेतालाई निलम्बन गरेका छन् । नेपाल पक्षका २७ जना सांसदलाई तीन दिने स्पष्टीकरण सोधिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्