
सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटबार्ता भएको छ ।
काठमाडौंस्थित होटल मारियटमा करिब दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान (एक्ला एक्लै) वार्ता भएको हो ।
पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको छ । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको बार्तालाई महत्वको साथ हेरिएको छ । वार्तापछि दुबै नेताहरुले प्रतिक्रिया दिएनन् । चैत २ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच वार्ता भएको हो ।