
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधवार भएको भेटवार्ताको तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । एमाले विभाजन उन्मुख भएको समयमा दुइ नेताहरुबीच बुधवार साझ म्यारिअट होटलमा भेटवार्ता भएको हो ।
नेपाल र ओली सोफामा आमने सामने बसेका छन् । एमाले नेताहरुले फेसबुक ट्वीटरमा यो तस्वीर सार्वजनिक गर्दै पार्टी मिल्नुपर्ने आशयका धारणा राखेका छन् । ओली नीलो हाफ ज्याकेट सहित अनौपचारिक पोसाकमा देखिएका छन भने नेता नेपाल हल्का पहेँलो कोट पाइन्टमा देखिएका छन् । कुराकानीका क्रममा दुवैले मास्क खोलेका छैनन् । साझ ६ बजेदेखि झण्डै दुइ घण्टा छलफल गरेर बाहिरिएका नेताहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
तस्वीर सहित एमाले सचेतक शान्ता चौधरीले लेखेकी छिन, ‘यो भेट फलदायी होस ।’ प्रेस चौतारीका महासचिव राजेश राईले लेखेका छन, ‘यसप्रकारको तस्वीर आज मात्र होइन हरेक दिन देख्न पाइयोस् ’