×

NMB BANK
NIC ASIA

सार्वजनिक यातायातमा लापरवाही, सरकारी निर्णयबारे छैन पत्तो

बैशाख ९, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानी विनै सार्वजनिक सवारीसाधन निर्बाध सञ्चालनमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

यात्रुको भीड उस्तै छ । यातायात व्यवसायीले पनि कोचाकोच हुने गरेरै यात्रु बोकिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाडी चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको भए पनि कार्यान्वयन छैन । न गाडीमा स्यानिटाइजर नै राख्न थालिएको छ ।


Advertisment
Nabil box
Kumari

तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने मंगलवारबाटै सार्वजनिक सवारीमा कडाइ थालेको दाबी गरेको छ । मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे प्रशासन कार्यालयमा मंगलवार सरोकारवाला निकायबीच भएको छलफलमा अनिवार्य स्वास्थ्य मापदण्ड कायम गर्ने सहमति भएको थियो ।

Vianet communication
Laxmi Bank

यातायात व्यवसायी र मजदुर भने के–के नियम पालना गर्नुपर्ने भन्नेबारेमै जानकार छैनन् । ‘कोभिडको जोखिम छ, थाहा छ,’ एक सवारी चालकले भने, ‘तर के–के नियम पालना गर्नुपर्ने हो, अहिलेसम्म सरकारबाट भएको कुनै पनि निर्णयको जानकारी पाएका छैनौं ।’ देशभर करीब साढे ३ लाख साना/ठूला सार्वजनिक सवारी गुड्छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार लामा दूरीमा चल्ने सार्वजनिक सवारीमा बीच बाटोमा थप यात्रु चढाउन पाइने छैन । त्यसबाहेक सवार यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उपलब्ध गराउनुपर्नेछ । क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सरकारले निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ । ‘मास्क नलगाउनेलाई गाडीमा चढ्न नदिने भनिएको छ,’ उनले भने, ‘अलि कठोर हिसाबले यी कुरामा अगाडि बढ्न सबै निकायलाई भनिसकेका छौं, यसको कार्यान्वयन कडाइका साथ गरिने छ ।’

उनले नियम लागू हुँदा समेत मास्क नलगाएका यात्रु पनि चढाइएको र सिट क्षमताभन्दा बढी यात्रु चढाएको गुनासो आएकाले तत्काल यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको दाबी गरे । ‘साँझपख काठमाडौंबाट भित्री क्षेत्रमा जाने गाडीमा यात्रुको बढी भीड हुने गरेको छ,’ उनले भने, ‘यसमा बरु गाडी थपेर भए पनि सिट संख्याअनुसार मात्र यात्रु बोक्न भनिएको छ ।’

सरकारको निर्णयमा सवारीसाधनको ढोका र भित्र पनि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर अनिवार्य रूपमा लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रूपमा निःसंक्रमित गर्नुपर्ने उल्लेख छ तर यी नियम पनि लागू भएका छैनन् ।

मन्त्रिपरिषद्को निर्णयमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने उल्लेख भए पनि प्रशासनले भने बिना मास्क आउने यात्रुलाई नचढाउन निर्देशन दिएको छ ।

यातायात व्यवसायीले पनि मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न नदिने जनाएका छन् । निर्णय कार्यान्वयनका लागि अनुगमन संयन्त्र गठन गरिएको छ । जसमा यातायात व्यवस्था विभागलाई संयोजक बनाइएको छ । अन्य प्रतिनिधिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको नगर प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रहेका छन् ।

आदेश कार्यान्वयनको सिलसिलामा यातायात व्यवसायीलाई पर्न जाने थप आर्थिक भार कम गर्न भाडा निर्धारणका लागि विभागले आवश्यक पहल गर्ने समेत निर्णयमा उल्लेख छ । ‘सरोकारवाला व्यवसायी र मजदुरलाई राखेर मन्त्रिपरिषद्ले गरेको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिसकेका छौं,’ प्रजिअ पराजुलीले भने, ‘सबैले निर्णयअनुसारको नियम लागू गर्छौं भन्नुभएको छ, त्यहीअनुसार सबैको रोहवरमा अनुगमन समिति गठन भएको हो ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने यात्रु नै अनिवार्य रूपमा मास्क लगाएर गाडी चढ्न आउनुपर्ने सुझाउँछन् । ‘भीडभाड गर्ने कुरामा यात्रु आफैं पनि सचेत हुनुपर्‍यो, जोखिम मोलेर यात्रा गर्नु भएन, कोचाकोच भए गाडी चढ्नुभएन,’ उनले भने । उनका अनुसार प्रशासन कार्यालयमा छलफलका क्रममा बस रोक्ने ठाउँमा अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले हात धुने पानीको व्यवस्था गर्ने पनि सहमति भएको छ ।

‘हामीले वर्षौंदेखि भाडा समायोजनका कुरा पनि उठाउँदै आएका छौं,’ उनले भने, ‘यसमा पनि सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

अर्कोतर्फ रात्रिकालीन व्यवसाय गर्नेलाई मंगलबार नै बोलाएर वैशाख मसान्तसम्म बन्द गर्न भनिएको प्रजिअ पराजुलीले बताए । ‘उहाँहरूको पनि छुट्टै गुनासो छ तर कोभिडको जोखिम बढेकाले वैशाख मसान्तसम्म बन्द गर्न भनेका छौं,’ उनले भने, ‘पार्टी प्यालेसको हकमा भीड गरेर भोजहरू बन्द गर्न भनेका छौं ।’ उनका अनुसार पार्टी प्यालेसमा बिहे, व्रतबन्धलगायतका सामाजिक क्रियाकलाप गर्न २५ जनाभन्दा नबढ्ने गरी प्रशासन कार्यालयको स्वीकृति लिनुपर्नेछ ।

‘मंगलवार मात्र ७२ जनाले विवाह र व्रतबन्धका लागि भन्दै स्वीकृति लिन आए,’ उनले भने, ‘जसका लागि स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ ।’ नियम कार्यान्वयनमा धेरै जिम्मेवारी स्थानीय तहको हुने भएकाले बुधवार महानगरका जनप्रतिनिधिसँग छलफल गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि उनले जानकारी दिए । उनले प्रहरीलाई मंगलबारबाटै विद्यालय, रात्रिकालीन व्यवसाय, यातायातलगायत क्षेत्रमा अनुगमन गर्न निर्देशन दिई सकिएको बताए पनि कडाइ भएको देखिँदैन । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x