०३ असार २०८३, बुधबार

स्नातकस्तरको तालिम दिँदै नेपाली सेना

बैशाख ९, २०७८
स्नातकस्तरको तालिम दिँदै नेपाली सेना

नेपाली   सेनाले अवकाश  हुन  लागेका  तथा  अवकाश  प्राप्त सेनाका  लागि  कृषिमा  स्नातक  (ब्याचलर  इन एग्रिकल्चर  साइन्स)  स्तरको  तालिम  दिने  भएको छ।  उक्त  तालिम  नेपाली  सेनाले  सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ।

सो   स्तरको   तालिमका   लागि   त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली  सेनाका  प्रवक्ता  सन्तोषवल्भभ  पौडेलले जानकारी   दिए ।    लमजुङको   सुन्दरबजार नगरपालिका,   सिउँडीबारमा   २०७६   भदौदेखि सञ्चालमा  आएको  सो  तालिम  केन्द्रमा  नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई  कृषि  तालिम  दिइँदै  आएको  छ।  सो तालिम केन्द्र दुई सय रोपनीमा फैलिएको छ । पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६  जनाले  भेटेरिनरीतर्फको  तालिम  लिइसकेको र  हाल  ८०  जनाले  तालिम  लिरहेको  प्रवक्ता पौडेलले  जानकारी  दिए ।

  ८०  जनामध्ये  ७६ जना  बहालवाला  र  चार  जना  अवकाशप्राप्त सैनिक रहेको उनले जानकारी दिए ।  तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले  सहुलियत  दरमा  ऋण  उपलब्ध  गराउने व्यवस्था  पनि  गरेको  छ।  गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्