३२ असार २०८३, बिहीबार

प्रगतिशील शक्ति एकताबद्ध हुँदै प्रतिगमनविरुद्ध लामबद्ध हुन प्रचण्डको अपिल

प्रगतिशील शक्ति एकताबद्ध हुँदै प्रतिगमनविरुद्ध लामबद्ध हुन प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको बताए ।

‘कम्युनिस्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिस्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रूपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको छ,’ शुभकामना सन्देशमा प्रचण्डले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्