कोरोनाभायरसको प्रकोप बढिरहेको बेलामा भारतको हरियाणास्थित जीन्दमा खोप चोरी भएको छ ।
त्यहाँको निजामती अस्पतालमा १७ सय १० डोज चोरी भएको हो । त्यसमा कोभिशील्ड र कोभ्याक्सिन दुवैथरी छन् ।
अस्पतालको पीपीसी सेन्टरबाट कोभिशील्डको १२ सय ७० र कोभ्याक्सिनको ४४० डोज चोरी भएको हो । खोपको फाइल पनि चोरी भयो ।
सेन्टरका इन्चार्जले अनुसन्धान गर्ने बताएका छन् ।