२७ असार २०८३, शनिबार

अर्को पार्टी खोलेर हिँड्दा पार्टीलाई क्षति नहोस् भनेर सम्झाइबुझाई गर्दैछु : केपी ओली

अर्को पार्टी खोलेर हिँड्दा पार्टीलाई क्षति नहोस् भनेर सम्झाइबुझाई गर्दैछु : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेकाहरूले अर्काे पार्टी खोलेर हिँड्दा पार्टीलाई क्षति नहोस् भनेर सम्झाइबुझाई गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा बल्खुमा एमाले केन्द्रीय कार्यालयको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटगत गतिविधि मान्य नहुने बताए ।

‘पार्टीमा समूहगत रूपमा कुनै पनि सम्झौता हुँदैन । अर्को पार्टी खोलेर हिँड्दा पनि पार्टीलाई क्षति नहोस् भनेर कारवाही नगरेर सम्झाइबुझाई प्रयास र सच्याउने विषयमा नै केन्द्रित रहेको छु,’ ओलीले भने, ‘अनुशासनहीनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन ।’

पार्टीमा केही समस्या भए व्यक्तिगत रूपमा कुराकानी हुनसक्ने ओलीले बताए । ‘व्यक्तिगत तवरमा कुराकानी हुनसक्छ, सच्याउने हुनसक्छ, जिम्मेवारी दिन सकिन्छ । समूहगत रूपमा हुन सक्दैन,’ उनले भने ।

नेकपा एकीकृत रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफूलाई पटक–पटक पार्टीबाट निकालेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई पार्टीविहीन बनाउने योजना असफल भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्