०४ असार २०८३, बिहीबार

गणतन्त्र दिवसमा मन्त्रिपरिषद्का पूर्व अध्यक्षको शुभकामना : दलहरुलाई गम्भीर बन्न आग्रह (पूर्णपाठसहित)

कात्तिक २०, २०७४
गणतन्त्र दिवसमा मन्त्रिपरिषद्का पूर्व अध्यक्षको शुभकामना  : दलहरुलाई गम्भीर बन्न आग्रह (पूर्णपाठसहित)

काठमाडौं, १४ जेठ— दशौं गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले शुभकामना दिएका छन् ।khil
उनले जारी गरेको शुभकामना सन्देशमा नेपाली जनताले वास्तविक गणतन्त्रको अनुभूति गर्न पाएका छन् कि छैनन् भनि समिक्षा हुन जरुरी रहेको औंल्याएका छन् ।
‘गणतन्त्र दिवस मनाउने क्रममा यस दिवसलाई राष्ट्रिय पर्वको रुपमा सम्झदै गर्दा यस बीचको दश वर्षको यात्रामा हामी कुन हदसम्म लक्षित गन्तव्य तर्फ लम्की रहेका छौं र तदनुरुपको राजनीतिक र सामाजिक व्यवस्थापन र रुपान्तरणमा कुन विन्दुमा पुगेका छौं, लोकतन्त्रात्मक गणतन्त्रको सन्देश जनताको घरदैलोमा पुग्न सकेको छ, छैन, सर्व साधारण नेपाली जनता व्यवहारतः रैतीवाट सार्वभौम नागरिकको अनुभूति गर्न सकेका छन् , कि छैनन् त्यसको समीक्षा र लेखा जोखा हुनु जरुरी छ ’, रेग्मीको सन्देशमा भनिएको छ ।
देशको सामाजिक र राजनीतिक रुपान्तरणको जन चाहनालाई प्रतिविम्वित गर्ने र देशको समृद्धिको आधार तयार गर्ने दस्तावेज संविधान भएकोले त्यसको कार्यान्वयमा जोड दिँदै रेग्मीले २०७४ साल माघ ७ गते भित्रै तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक अनिवार्यताको दलहरुलाई स्मरण गराएका छन् ।
यद्यपी बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकोमा खुसी प्रकट गर्दै रेग्मीले दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नको लागि पनि सबै दल हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

संक्रमणकालीन अवस्थामा दलहरु वीचको ध्रुवीकरणले लक्षित गन्तव्यमा पुग्न मद्दत नपुग्ने भन्दै उनले संविधानलाई पूर्णतः कृयाशील वनाउन र तार्किक निष्कर्षमा पु-याउन गम्भीर बन्न समेत दलहरुसँग आग्रह गरेका छन् ।
शुभकामना सन्देशको पूर्णपाठ
regmiregmi-1

salt training

कमेन्ट गर्नुहोस्