
धर्म प्रोडक्शन्सको फिल्म 'दोस्ताना २' बाट कार्तिक आर्यनलाई निकालियो, जसमा जान्हवी कपूर, टेलिभिजन अभिनेता लक्ष्य र कार्तिक आर्यन को मुख्य भूमिका थियो ।
कोभिड महामारीको कारणले २०२० मा हुने भनिएको शूटिंग २०२१ मा आएर शुरू भएको थियो ।
शूटिंग शुरू भएपछि करण जोहर र कार्तिक आर्यनबीचको फाटोले कार्तिक आर्यनलाई 'दोस्ताना २' बाट निकालिनुका साथै भविष्यमा पनि काम नगर्ने भनी निलम्बित गरियो ।
अब निर्माताहरूको पहिलो छनौटमा राजकुमार राव परेका छन्।
यसैबीच, राजकुमार राव भर्खरै द व्हाइट टाइगरमा आदर्श गौरव र प्रियंका चोपडासँपग देखिएका थिए ।
यस फिल्मलाई सर्वश्रेष्ठ स्क्रिनप्ले क्याटागोरीका लागि एकेडेमी अवार्ड २०२१ को लागि नोमिनेट गरिएको छ।
यसैबीच भूमि पेडनेकरसँग बधाई द अनि कृति सनोनसँग दोस्रो इन्निङलगायत अन्य फिल्महरू रिलिजमा छन्।