१२ असार २०८३, शुक्रबार

एक दिन पनि कार्यालय नगई १५ वर्षसम्म तलब थापे यी कर्मचारीले

बैशाख ९, २०७८
एक दिन पनि कार्यालय नगई १५ वर्षसम्म तलब थापे यी कर्मचारीले

इटलीका एक अस्पताल सुरक्षा अधिकृतले विगत १५ वर्षदेखि एक दिन पनि कार्यालय नगइकन तलब थापेको खुलासा भएको छ । 

सार्वजनिक स्वास्थ्यकर्मी साल्भातोर स्कुमेसले राज्यलाई ७ करोड ८२ लाखभन्दा बढी रकम घाटा लगाएका हुन् । उनले आफू पुग्लिएज–चियाचियो अस्पतालमा अग्नि सुरक्षा अधिकृत भनी ढाँट्ने गरेका थिए । 

उनलाई अस्पतालमा एकपटक मात्र देखिएको थियो । सन् २००५ मा जागिरको सम्झौता गर्न मात्र उनी अस्पताल पुगेका थिए । 
 

स्कुमेसविरुद्ध ठगी र पदको दुरुपयोगको मुद्दा लगाइएको छ । 

उनले अस्पतालका निर्देशकहरूलाई आफ्नो बारेमा खुलासा गरेमा उनीहरूको नातेदारलाई सिध्याइदिने भनी धम्की दिने गरेका थिए । 
 

उनीमाथिका ६ जना हाकिमलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

उक्त अस्पतालमा काम गर्ने भनिएका थप ५७ कर्मचारीलाई पनि बर्खास्त गरिएको छ । उनीहरू हाजिर गर्ने अनि बारमा गएर रक्सी पिउने वा खेल खेलेर बस्ने गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्