२८ असार २०८३, आइतबार

फोक्सो बचाउनका लागि अपनाउनुस् यस्तो उपाय

असार २५, २०७८
फोक्सो बचाउनका लागि अपनाउनुस् यस्तो उपाय

फोक्सो मानव शरीरको महत्त्वपूर्ण अंग हो । यो अस्वस्थ हुँदा कोरोना, दम, ब्रोंकाइटिस, निमोनिया, टीबी, क्यान्सर लगायतका रोगको खतरा हुन्छ । 

उपाय
प्रदूषित हावाबाट फोक्सोलाई बचाउनका लागि बाहिर निस्कँदा मास्कले नाक र मुख छोप्ने गर्नुस् । 

लसुन र अदुवा नियमित खानुस् । लसुनमा एन्टीअक्सिडेन्ट हुन्छ र यसले फोक्सोलाई सफा बनाउँछ । अनि अदुवाले शरीरलाई विषरहित बनाउँछ । दिनदिनै बिहान अदुवाको रस र मह तातोपानीमा राखेर पिउने गर्नुस् । यसले फोक्सोलाई स्वस्थ बनाउँछ । 

सुन्तला, कागती, टमाटर, किवी, स्ट्रबेरी, अंगुर, भुइँकटहर जस्ता फलमा भिटामिन सी हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्न सहायता गर्छ । 

भिजाएको किसमिस दिनदिनै खाने वा किसमिस डुबाएको पानी पिउने गर्दा पनि फोक्सो बलियो बन्छ ।

तुलसीले छातीमा जमेको कफ र अन्य भाइरल संक्रमण हटाउन सहायता गर्छ । तातो पानीमा तुलसीका पाँचवटा पात, दुईवटा ल्वाङ, अलिकति दालचिनी हालेर काडा बनाएर खान सक्नुहुन्छ । 
 

मुलेठीमा एन्टीइन्फ्लेमेटरी गुण पाइन्छ र त्यसलाई चुस्न पनि सक्नुहुन्छ । 

हलुका व्यायाम गर्ने गर्नुस् । योग ध्यान पनि गर्नुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्