
२७ जना सांसदलाई पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले तीन दिने स्पष्टीकरण सोधेपछि नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालत गएको छ ।
आफूहरूलाई सोधिएको स्पष्टीकरण अनुचित भएकाले सो कारवाही रोक्न भन्दै नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।
बुधवार निवेदन दिइएको रिट बिहीवार दर्ता भएको छ ।
सोमवार बसेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति)को निर्णय अनुसार नेपाल पक्षका सांसदलाई सांसद् पदबाट किन कारवाही नगर्ने भन्दै मंगलवार स्पष्टीकरण सोधिएको थियो ।
संविधान, कानून र पार्टी विधानविपरीत जननिर्वाचित सांसदमाथि कारवाही गर्न लागिएकाले सो रोकी पाऊँ भन्दै नेपाल पक्षले सर्वोच्चमा रिट दायर गरेको हो ।
उक्त रिटको पेशी आइतवारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
हेर्नुहोस्, रिट :