२१ असार २०८३, आइतबार
ओली-नेपाल भेट

ओलीसँगको वार्तापछि माधव नेपालको प्रतिक्रिया– ‘कुराकानीमा कुनै प्रगति छैन’

ओलीसँगको वार्तापछि माधव नेपालको प्रतिक्रिया– ‘कुराकानीमा कुनै प्रगति छैन’

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयासस्वरूप प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि वार्ता भएको छ । 

काठमाडौंको नागपोखरीस्थित म्यारियाट होटलमा बिहीवार दिउँसो सवा २ बजेदेखि झण्डै डेढ घण्टा वार्ता भएको हो । 

ओलीसँगको वार्तापछि बाहिरिने क्रममा नेता नेपालले वार्तामा कुनै प्रगति नभएको बताए ।

‘कुराकानीमा कुनै प्रगति छैन,’ नेपालले भने । बुधवार पनि अध्यक्ष ओली र नेपालबीच सोही स्थानमा दुई घण्टा छलफल भएको थियो । 

बिहीवारको वार्ताअघि प्रधानमन्त्री ओली र नेता नेपालले होटलको झ्यालबाट धरहराको दृश्यावलोकन गरेका थिए ।

वार्ताको सहजीकरण गरेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले वार्ता सकारात्मक रहेको र शनिवार फेरि छलफल हुने संकेत गरे । 

नेता नेपाल जनकपुर जाने कार्यक्रम रहेकाले आजको वार्ता छिटो सकिएको हो । नेता नेपाल भोलि काठमाडौं फर्किन ढिला हुने भएकाले शनिवार मात्र छलफल हुने सम्भावना रहेको दुगडले बताए ।

नेपाल पक्षका २७ सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय गर्न नेकपा एमाले केन्द्रीय समितिको बैठक शुक्रवार बस्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्