×

NMB BANK
NIC ASIA

ओली-नेपाल भेट

ओलीसँगको वार्तापछि माधव नेपालको प्रतिक्रिया– ‘कुराकानीमा कुनै प्रगति छैन’

बैशाख ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयासस्वरूप प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि वार्ता भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंको नागपोखरीस्थित म्यारियाट होटलमा बिहीवार दिउँसो सवा २ बजेदेखि झण्डै डेढ घण्टा वार्ता भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीसँगको वार्तापछि बाहिरिने क्रममा नेता नेपालले वार्तामा कुनै प्रगति नभएको बताए ।


Advertisment
Nabil box
Kumari

‘कुराकानीमा कुनै प्रगति छैन,’ नेपालले भने । बुधवार पनि अध्यक्ष ओली र नेपालबीच सोही स्थानमा दुई घण्टा छलफल भएको थियो । 

Vianet communication
Laxmi Bank

बिहीवारको वार्ताअघि प्रधानमन्त्री ओली र नेता नेपालले होटलको झ्यालबाट धरहराको दृश्यावलोकन गरेका थिए ।

वार्ताको सहजीकरण गरेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले वार्ता सकारात्मक रहेको र शनिवार फेरि छलफल हुने संकेत गरे । 

नेता नेपाल जनकपुर जाने कार्यक्रम रहेकाले आजको वार्ता छिटो सकिएको हो । नेता नेपाल भोलि काठमाडौं फर्किन ढिला हुने भएकाले शनिवार मात्र छलफल हुने सम्भावना रहेको दुगडले बताए ।

नेपाल पक्षका २७ सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय गर्न नेकपा एमाले केन्द्रीय समितिको बैठक शुक्रवार बस्दैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x