एल.जी.को आधिकारिक बिक्रेता सी.जी. इम्पेक्स प्रा.लि. ले एन्टी भाइरस फिल्टर भएको एल.जी. को ए.सी. नेपाली बजारमा ल्याएको छ ।
यस एन्टी भाइरस फिल्टरले भित्री वातावरणको किटाणुहरूलाई नष्ट गर्दछ र ताजा वातावरण बनाउँदछ । एन्टी भाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गर्दछ ।
साथै यस ए.सी. मा फोर इन वान कन्भर्टेबल मोड रहेको छ, जसले ए.सी.लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत् कम खपत गरी पैसा पनि बचत गर्दछ ।
यस ए.सी.मा डबल इन्भर्टर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७०% सम्म बिजुली खपत पनि गर्दछ ।
यस एल.जी.को ए.सी.मा रहेको ब्ल्याक फिन टेक्नोलोजी जसले धूलो, आर्द्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ, जसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समयसम्म चल्दछ ।
एल.जी.को ए.सी.ले ४०% चाडो चिसो वा तातो बनाउँदछ, साथै वातावरण मैत्री आर ३२ ग्यास रहेको छ र साथै १० वर्षको वारेन्टी पनि रहेको छ ।
अहिले नयाँ वर्षको अफरमा एल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निःशुल्क ए.सी.जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।