२२ जेठ २०८३, शुक्रबार

कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने नगरपालिकाको निर्णय

बैशाख ९, २०७८
कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने नगरपालिकाको निर्णय
प्रतिकात्मक तस्वीर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ ।

नगर स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितिले नगरपालिका मातहतको कटकुवा स्वास्थ्य चौकीलाई १०० शय्याको कोभिड अस्पताल बनाउने तयारी थालेको छ ।
 
दोस्रो चरणको कोरोना भाइरसबाट सुर्खेत उच्च जोखिममा रहेकाले आवश्यक पूर्व तयारीका लागि अस्पताल व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख मोहनमाया ढकालले नवनिर्मित स्वास्थ्य चौकी भवनमा कोरोना अस्पताल र आइसोलेसनका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन भइरहेको बताइन् । ‘वडास्तरीय कोरोना संकट समितिलाई पनि सक्रिय बनाई वडा तहमा जोखिम न्यूनीकरणका गतिविधि गर्दैछौं,’ उनले भनिन्, ‘सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको प्रभावकारी पालनाका लागि सम्पूर्ण संयन्त्रको परिचालन गरेका छौं ।’

नगरभित्रका कोभिड–१९ का बिरामीको व्यवस्थापनका लागि एम्बुलेन्स पनि सञ्चालनमा ल्याउने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्