नेपाल बैंक लिमिटेड र काठमाडौं मल सञ्चालक दिवा सपना जेभीबीच मलका स्टलमा नेपाल बैंक लिमिटेडको क्युआर सञ्चालन गर्ने र काठमाडौं मलको परिसरमा बैंकको एटीएम सञ्चालन गर्ने उद्देश्यले काठमाडौं मल र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
काठमाडौं मलका व्यवसायीलाई बैंकले सहुलियत दरमा विना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरी ढकालले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंक लिमिटेडले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउन्टर, १४६ वटा एटीएमसहित डिजिटल बैंकिङमार्फत् उच्चतम बैंकिङ सेवा प्रदान गर्दै आइरहेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।