×

NMB BANK
NIC ASIA

मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ

बैशाख ९, २०७८

NTC
Premier Steels

झापा । मृत्यु भईसकेका झापा बिर्तामोडका टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी बस्नेतकै नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

 पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय मंगल सिंह राजवंशी, भद्रपुर नगरपालिका-७ ठेगाना भएका ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका-५ ठेगाना भएका ५० वर्षीय लिलाधर राजवंशी, गौरीगंज गाउँपालिका-१ बस्ने भोजपुर तिवारीभञ्ज्याङ्ग-२ घर भएका ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका-८ ठेगाना भएका ४२ वर्षीय भुपदेव कटुवाल, अर्जुनधारा नगरपालिका-५ ठेगाना भएका ५३ वर्षीय लेखनाथ खनाल, विर्तामोड नगरपालिका-४ ठेगाना भएका ३४ वर्षीय गोविन्द वान्तवा, कोटीहोम सुरुङ्गा बस्ने बिर्तामोड नगरपालिका-१० ठेगाना भएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड नगरपालिका-४ ठेगाना भएकी ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी नगरपालिका-४ ठेगाना भएका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिर्तामोड नगरपालिका-१ स्थित स्व. टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर  ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफल रहेको जग्गालाई ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी मृत्यु भईसकेका टुंग बहादुर बस्नेतको नक्कली नागरिकता बनाई २०७७ असोज २८ गते जिल्ला अदालत काठमाडौंबाट झापा बिर्तामोड नगरपालिका-२ बस्ने चैतुवारी बाह्रदशी गाउँपालिका-३ घर भएका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएका थिए ।  


Advertisment
Nabil box
Kumari

उक्त वारेशनामा मार्फत बिर्तामोड नगरपालिका-४ बस्ने रञ्जु राईको नाममा २०७७ माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परे पश्चात १ नम्बर  प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न हाल फरार अन्य ६ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

Vianet communication

उनीहरु उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x