×

NMB BANK
NIC ASIA

सिम्रौनगढमा पुरातात्त्विक सम्पदा प्रचुर

बैशाख १०, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक महत्त्वको सिम्रौनगढको भू–भौतिक सर्वेक्षण सम्पन्न भएको र सोको जानकारी महत्त्वपूर्ण भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिम्रौनगढ र त्यस वरपरको ठाउँमा गरिएको सो सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना देखिएको बताउँदै उनले सो क्षेत्रमा नवपाषाणकालीन (नियोलेथिक) हतियार तथा सरसामान र माटाका भाँडाकुँडा प्राप्त भएको जानकारी दिए । सर्वेक्षणको क्रममा इँटका टुक्रा, ढुङ्गा र इँँटाको गाह्रो समेत देखिएको थियो ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘‘जीपीआर, प्रविधि र ड्रोन क्यामराबाट सर्वेक्षण गरियो । यस प्रविधिले मानिसको शरीरको एक्सरे गरेजस्तै जमिनको भित्री भागको एक्सरे गर्ने भएकाले जमिनभित्र रहेका वस्तुबारे सहजै थाहा पाउन सकिन्छ ।’’ महानिर्देशक गौतमले केही महिनापछि सर्वेक्षणको विस्तृत प्रतिवेदन पुरातत्व विभागलाई प्राप्त हुने जानकारी दिए । प्रतिवेदन प्राप्त भएपछि उत्खनन गरी प्रामाणिक इतिहास तयार पारिने उनले बताए ।

Vianet communication
Laxmi Bank

सर्वेक्षणको क्रममा प्राप्त गरिएका नमुनाको थप अनुसन्धान (प्रोसेसिङ)का लागि बेलायत पठाइएको छ । अहिलेको सर्वेक्षणले प्राचीन र मध्यकालीन इतिहास बोकेको सिम्रौनगढको सम्पूर्ण क्षेत्र के कस्तो अवस्था छ ? यहाँका संरचनाहरू कस्ता छन् लगायतका विषयमा जानकारी प्राप्त हुने उनले बताए ।

पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले संयुक्त रूपमा सिम्रौनगढको सर्वेक्षण गरेको हो । सर्वेक्षणमा बेलायतको दुरहाम विश्वविद्यालयको पुरातत्व विभागका वरिष्ठ पुरातात्त्विद डङ्कन हालेसहितको आठ सदस्यीय टोली नेपाल आएको थियो ।

सिम्रौनगढ नगरपालिका वडा नं. ८, कचोर्वा टोलका रामकेवल यादवले ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय दृष्टिकोणले एउटा खुला सङ्ग्रहालयका रूपमा सिम्रौनगढ विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया चाल्न ढिलो भइसकेको बताए । संरक्षण र प्रवद्र्धनको अभावमा मिथिलाको प्राचीन राजधानीका रूपमा रहेको यो क्षेत्र ओझेलमा पर्दै गएको उनको गुनासो छ ।

कला–संस्कृतिको भण्डारका रूपमा रहेको यस क्षेत्रको उत्खनन र न्यायोचित मूल्याङ्कन नगरिएसम्म मुलुककै कलाकृतिको इतिहासको खोजी अधुरो नै रहने उनको भनाइ छ ।

केही वर्षअघि पुरातत्व विभागको सक्रियतामा कङ्काली मन्दिर परिसरका मूर्तिलाई मन्दिर परिसरमै घर बनाई सङ्ग्रह गरिएको छ । सिम्रौनगढमा फेला परेका केही मूर्ति र दरबारका अवशेषलाई काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा पनि राखिएको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x