०८ साउन २०८३, शुक्रबार

२८१ स्थानीय तहको मतगणना पूरा, अब भरतपुर र चाँगुनारायणको बाँकी

कात्तिक २०, २०७४
२८१ स्थानीय तहको मतगणना पूरा, अब भरतपुर र चाँगुनारायणको बाँकी

काठमाडौँ, १४ जेठ - गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार १६० प्रतिनिधि निर्वाचित भएका छन् ।Ballot Box

कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार, २८३ वटा स्थानीय तहमध्ये २८१ को मत गणना कार्य सम्पन्न भई उम्मेदवारको विवरण प्राप्त भएको छ ।

अब चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको विवरण आयोगलाई प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

पछिल्लो विवरणअनुसार, नगरप्रमुख÷अध्यक्ष २८१, उपप्रमुख÷उपाध्यक्ष २८१, वडाध्यक्ष दुई हजार ५५१, वडा सदस्य पाँच हजार ९८, महिला सदस्य दुई हजार ५४७ र दलित महिला सदस्य दुई हजार ४०२ जना निर्वाचित हुनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्