२२ जेठ २०८३, शुक्रबार

वामदेवले भने– बालुवाटारमा डिनर चल्दै थियो, नमस्कार गरेर म विदा भएँ

फागुन २८ गतेको निर्णय फिर्ता लिन ओलीले मानेनन्
बैशाख १०, २०७८
वामदेवले भने– बालुवाटारमा  डिनर चल्दै थियो, नमस्कार गरेर म विदा भएँ


एमाले नेता वामदेव गौतमले बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष समेत रहेका केपी ओलीसँग डिनर वार्ता भएको बताएका छन् । तर वार्ता सकारात्मक नभएको उनको भनाइ छ ।
सो क्रममा आफूले ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको तर अस्वीकार गरेको गौतमले एक विज्ञप्तिमार्फत जनाएका छन् । तर ओलीले भने पार्टीको काममा फर्किन गौतमलाई अनुरोध गरेका थिए ।  

‘हिजो ९ गते केपी ओलीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरे’, गौतमले भनेका छन्, ‘ उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए।’

उनले आफ्नो अनुरोध प्रधानमन्त्रीले नस्वीकार्ने भएपनि डिनर चल्दै भएपनि बीचमै बालुवाटारबाट बाहिरिएको बताएका छन् । उनले भनेका छन्, ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।’

salt training

कमेन्ट गर्नुहोस्