०५ असार २०८३, शुक्रबार

मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

बैशाख १०, २०७८
मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी निज महिला डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनी बस्ने ४५ वर्षीया वसन्ती लुहार रहेकी छन् । 

यही वैशाख २ गतेदेखि बेपत्ता भएकी निज महिलाको शव पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सीमा क्षेत्रमा रहेको बुढाबाझ बागघेरी सामुदायिक वनको पक्की सडकभन्दा करिब ८०० मिटर तल भिरमा फेला परेको थियो । निजको हत्या गरेर फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

मृतक महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटी, मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

उनले भने, “शव केही दिन पहिलेको जस्तो छ, शरीरभरि किरा परेको छ, ती महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा अनुसन्धान शुरु गरेका छौँ ।” घटना बारेमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिलाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । शव परीक्षणपछि मृतकका घरपरिवारलाई हस्तान्तरण गरिने सूचना अधिकारी मल्लले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्