इन्डियन प्रिमियर लीगको १६औं म्याचमा रोयल च्यालेन्जर्स बेंगलुरुले राजस्थान रोयल्सलाई १० विकेटले हराएको छ ।
आरसीबीको जीतमा कप्तान विराट कोहलीको प्रमुख भूमिका रह्यो । उनले नटआउट ७२ रन बनायो ।
विराटले ५० रन पूरा गरेपछि फ्लाइङ किस दिए । डगआउटमा बसेका साथी खेलाडी ग्लेन म्याक्सवेलले उक्त किस आफूलाई लक्षित गरिएको भन्ठाने ।
त्यसपछि विराटले इशारा गर्दै आफ्नी नवजात छोरी वामिकाप्रति उक्त किस लक्षित गरेको सन्देश दिए । त्यो देखेर म्याक्सवेलले लजाउँदै मुस्काए ।
विराटको यो भिडियो क्लिप भाइरल बनिरहेको छ ।
पति विराटले किस दिएपछि पत्नी अनुष्काले उठेर ताली बजाइन् ।
आरसीबीको व्यवस्थापनले खेलाडीहरूलाई परिवारका सदस्यसँग बस्न अनुमति दिएको छ । त्यसैले अनुष्का र छोरी वामिका विराटसँगै हिँडिरहेका छन् ।
म्याचको कुरा गर्दा राजस्थानले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रन बनायो ।
जवाफमा आरसीबीले १६.३ ओभरमा विकेट नगुमाइकन १८१ रन बनाएर खेल जित्यो । देवदत्त पडिक्कलले नटआउट १०१ र कोहलीले नटआउट ७२ रन बनाए ।
यससँगै आईपीएलमा ६ हजार रन बनाउने पहिलो ब्याट्स्म्यान विराट कोहली बने ।
To the little princess ❣️#ViratKohli #RCB pic.twitter.com/JsUT6NWM1u
— The King (@kingKOHLI1807) April 22, 2021