
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा आज यस्तो सुनमा प्रति तोला ५ सय रुपैयाँको गिरावट आएको हो ।
शुक्रवार तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।