२२ जेठ २०८३, शुक्रबार

यसकारण मोदीले थर्काए केजरीवाललाई

बैशाख १०, २०७८
यसकारण मोदीले थर्काए केजरीवाललाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार कोभिडको केसमा भएको वृद्धिका विषयमा १० राज्यका मुख्यमन्त्रीसँग अन्तर्क्रिया गरेका छन् । 

त्यसक्रममा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तर्क्रियालाई टेलिभिजनमा देखाउन खोजेपछि मोदीले रोकेका छन् । 

‘राष्ट्रिय योजना बनेमा केन्द्र र राज्यहरूले मिलेर काम गर्न सक्छन् । बितेर गएकाहरू...,’ केजरीवालले भन्दै गर्दा मोदीले बीचैमा रोके ।

‘कुनै मुख्यमन्त्रीले अन्तर्क्रियालाई प्रत्यक्ष प्रसारण गर्नु मर्यादाको सख्त बर्खिलाप हो,’ मोदीले अलि चर्कै स्वरमा भने । 

‘यो उपयुक्त हैन, हामीले नियन्त्रण कायम गर्नुपर्छ,’ उनले केजरीवाललाई थर्काउँदै भने । 

त्यसपछि केजरीवालले माफी मागे । 
 

salt training

कमेन्ट गर्नुहोस्