२७ जेठ २०८३, बुधबार

भारत : एम्बुलेन्सबाट लापरवाहीका साथ लडाइयो कोरोना मृतकको शव

बैशाख १०, २०७८
भारत : एम्बुलेन्सबाट लापरवाहीका साथ लडाइयो कोरोना मृतकको शव

भारतको मध्य प्रदेशमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूलाई अस्पतालले शव बुझ्न नदिएको भन्दै परिवारले आरोप लगाएका छन् । 

यसै क्रममा विदिशा जिल्लामा रहेको एक सरकारी अस्पतालमा भएको घटनाले कोरोनापीडितहरूको त्रासदीको तस्वीर देखाएको छ । 

कोभिडका कारण बितेका एक व्यक्तिको शव लिएर एम्बुलेन्स अस्पतालबाट निस्केको थियो । गेटबाट बाहिर आउँदा एम्बुलेन्स कुनातिर लाग्छ र त्यसक्रममा शव त्यहाँबाट सडकमा खस्छ । 

केही मानिस शवतिर दौडिँदै आउँछन् । पीपीई सुट लगाएका एक व्यक्ति एम्बुलेन्समा उभिएर बाहिर हेर्छ । एम्बुलेन्सको शीशा फुटेको देखिन्छ । 

एम्बुलेन्स चालक आत्तिएर गाडी रोक्छ । 

अस्पतालका अधिकारीहरूले मृतकको परिवारलाई खबर नगरिकन शवलाई अन्तै लगेको आरोप छ । 

मध्य प्रदेशका अस्पतालमा अक्सिजनको भयंकर अभाव छ जसले गर्दा कोभिड रोगीहरूको मृत्यु भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्