०२ असार २०८३, मंगलबार

अमेरिका : ह्वाइट हाउस नजिक फालियो गोबर (भिडियो)

बैशाख १०, २०७८
अमेरिका : ह्वाइट हाउस नजिक फालियो गोबर (भिडियो)

वातावरण संरक्षणवादीहरूले बिहीवार वाशिङटनका सडकहरूमा ह्वीलब्यारोमा गोबर राखेर ह्वाइट हाउस नजिक फ्याँकेका छन् । 
 

एक्सटिंक्सन रिबेलियन नामक समूहका अभियन्ताहरूले रलिन्स पार्क नजिक ह्वीलब्यारोमा गोबर भरेर फ्याँकेका हुन् । 

राष्ट्रपति जो बाइडनले सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी योजना बुलशिट (गोबर) भएको भन्दै उनीले गोबर फ्याँकेका हुन् । 

उनीहरूले ‘जलवायु संकटकाल घोषणा गर’ र ‘बाइडनको २०३० योजना सामूहिक मृत्यु’ लेखिएको ब्यानर पनि बोकेका थिए ।

बाइडनले सन् २०३० सम्म फोसिल फ्युल उत्सर्जन ५२ प्रतिशतसम्म घटाउने प्रतिबद्धता गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्