१४ असार २०८३, आइतबार

पृथ्वी दिवसमा थाइल्यान्डमा बालियो ३ लाख ३० हजार मैनबत्ती, बन्यो विश्व कीर्तिमान

बैशाख १०, २०७८
पृथ्वी दिवसमा थाइल्यान्डमा बालियो ३ लाख ३० हजार मैनबत्ती, बन्यो विश्व कीर्तिमान

थाइल्यान्डको धम्मकाया मन्दिरमा बिहीवार राति ३ लाख ३० हजारवटा मैनबत्ती बालिएको छ । 

पृथ्वी दिवसको अवसरमा बिजुलीको साटो मैनबत्ती बालिएको हो । बौद्ध भिक्षुहरूले ७८ एकडको मन्दिर परिसरमा मैनबत्तीहरू बालेर पृथ्वीलाई माया गर्न सुझाव दिए । 

यति धेरै मैनबत्ती एउटै ठाउँमा बालेको यो विश्व कीर्तिमान हो र गिनिज बूकमा यो दर्ज भएको छ । 

तर एकैपटक धेरै मैनबत्ती बाल्दा वातावरण अभियन्ताहरूले आलोचना गरेका छन् । उनीहरूका अनुसार, मैनबत्ती विषालु रसायनबाट बन्छन् र तिनको धूवाँले वातावरण प्रदूषित हुन्छ । 

यसमा बौद्ध भिक्षुहरूले सफाइ दिँदै भने, ‘यी मैनबत्तीहरू विश्व कीर्तिमान बनाउनका लागि बालिएका थिए । तर उद्देश्य पूरा हुनेबित्तिकै यिनलाई निभाइएको थियो ।’ 

salt training

कमेन्ट गर्नुहोस्