
मकवानपुरका १ जना कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रवार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो । छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो ।