२२ जेठ २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटना ३ जनाको मृत्यु

बैशाख १०, २०७८
मोटरसाइकल दुर्घटना ३ जनाको मृत्यु

सिन्धुलीमा शुक्रवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २ जनाको घटनास्थल र १ बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका–१४ चन्दनपुरमा आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उनका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्