२४ जेठ २०८३, आइतबार

बौद्ध दर्शनमा पीएचडी गरेका सर्वजित गोङ्बा तामाङलाई दिइयो खेन्पोको उपाधि

बैशाख १०, २०७८
बौद्ध दर्शनमा पीएचडी गरेका सर्वजित गोङ्बा तामाङलाई दिइयो खेन्पोको उपाधि


२२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेका मकवानपुर हेटौडाका सर्वजित गोङ्बा तामाङले बौद्ध दर्शनमा (पिएचडी) गरेका छ्न्।

यसरी बौद्ध दर्शनमा (पिएचडी) गरेको कारण उनलाई विरलै बौद्दमार्गीहरुले प्राप्त गर्ने “खेन्पो” उपाधि प्राप्त गरेका छन्। उनले खेन्पो उपाधी पाप्त गरे संगै नेपालका बौद्ध  धर्माम्बलीहरुमा खुसीयाली छाएको बनाईएको छ।

श्री कर्म लेग्शेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भूमा एक विशेष कार्यक्रम आयोजना गरेर धर्म गुरु  बिच छोड्जेन लामा फुन्छोक रुपोन्छेको हातबाट उनलाई उपाधि प्रदान गरिएको थियो।

बौद्ध पञ्च महाशास्त्रको अध्ययन गरेर बौद्ध दर्शनमा खेन्पो उपाधी पाउनु निकै चुनौतीपूर्ण मानिन्छ।

salt training

कमेन्ट गर्नुहोस्