०३ असार २०८३, बुधबार

दुर्घटनामा परी एकको मृत्यु

बैशाख १०, २०७८
दुर्घटनामा परी एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बेलुका भएको सवारी दुर्घटनामा परी अटोमा सवार एक पुरुषको मृत्यु भएको छ । पश्चिमबाट हेटौँडा आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मकवानपुर मनहरी–९ का अन्दाजी  ३०÷३५ वर्षीय कुमार मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार अन्य दुई जना घाइते भएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्