३० जेठ २०८३, शनिबार

८ देखि साँझ ८ बजेसम्ममात्रै पसल खोल्न पाइने

बैशाख १०, २०७८
८ देखि साँझ ८ बजेसम्ममात्रै पसल खोल्न पाइने
फाइल तस्बिर

कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसायलगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्