
काठमाडौं, १५ जेठ– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर सरकारले घिसिङलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई पनि जनसेवाश्री पुरस्कार प्रदान गर्न निर्णय गरेको छ ।
उक्त पदक पाउनेमा अधिकांश नेपाल सरकारका कर्मचारी रहेका छन् ।
जसमा बहालवाला सचिव, सहसचिवको बर्चस्व छ । सुरक्षा निकायका उच्च अधिकारी र अवकाशप्राप्त सरकारी कर्मचारी पनि सूचीमा रहेका छन् । यससँगै सरकारले ५१४ जनालाई विभिन्न सम्मान दिने निर्णय गरेको छ ।
बीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने निर्णय गरेको छ ।