
चितवन, १५ जेठ– मतपत्र च्यातिएपछि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउने विषयमा छलफल गर्न निर्वाचन आयोगको बैठक बस्न लागेको छ ।
आयोगको कार्यालय कान्तिपथमा बस्ने बैठकले मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्दै निर्णय गर्ने जनाइएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भरतपुर महानगरपालिकाको रोकिएको मतगणनाका विषयमा निर्णय गर्न बैठक बस्न लागेको जानकारी दिए ।
उनले भरतपुरको मतगणनामा देखिएको घटना बारे छलफल गरेर निर्णय लिइने बताए ।