१७ असार २०८३, बुधबार

मतपत्र च्यातिएको वडामा पुन मतदान गर्न कांग्रेसको माग

कात्तिक २०, २०७४
मतपत्र च्यातिएको वडामा पुन मतदान गर्न कांग्रेसको माग

चितवन, १५ जेठ– नेपाली कांग्रेस चितवनले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका १९ नम्बर वडामा पुनः मतदान गर्न माग गरेको छ ।

जिल्ला सभापति जीवनारयण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिक पुन मतदान प्रकृया सुचारु गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

विज्ञप्तीमा भनिएको ‘२०७४ जेठ १४ गते राति करिब साढे ११ बजे वडा नम्बर १९ को मतगणना भइरहेको र नेपाली कांग्रेसका उम्मेदवारहरुको विजय सुनिश्चित भइसकेको समयमा घटेको घटनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दछ ।’

कांग्रेसले निर्वाचन आयोगमा मतगणना प्रकृयालाई व्यवस्थित गर्न पटक पटक आग्रह गर्दा व्यवस्थित नगर्रिको कारण यस्तो घटना घटेको दाबी गरेको छ । उसले घटनाको सत्य तथ्य जनसमक्ष ल्याउन र दोषी माथि अविलम्ब कारवाही गर्न माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्