२४ जेठ २०८३, आइतबार

भारत : कोरोनाको कहरबीच तनावका कारण नर्सले चड्काइन् डाक्टरको गाला (भिडियो)

बैशाख १४, २०७८
भारत : कोरोनाको कहरबीच तनावका कारण नर्सले चड्काइन् डाक्टरको गाला (भिडियो)

भारतको उत्तर प्रदेशस्थित रामपुरमा रहेको जिल्ला अस्पतालमा कार्यरत नर्स र डाक्टरबीच विवाद हुँदा कुटाकुट भएको छ । 

सोमवार राति साढे ९ बजेतिर आकस्मिक कक्षमा घटना भएको हो । 

उपचारका क्रममा एक रोगीको ज्यान गएपछि विवाद भएको हो । 

नर्स र डाक्टरले एकछिन बाझाबाझ गरे अनि रिसको सुरमा नर्सले कुर्सीमा बसेका डाक्टरको गालामा थप्पड हानिन् । त्यसपछि डाक्टरले पनि नर्सलाई पिटे । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

कोरोना महामारीमा सेवा दिन आएका रिटायर्ड सीएमएस बीएम नागरलाई नर्सले गालामा हिर्काएको बताइएको छ । 

अस्पताल प्रशासनले दुईजनाबीच सम्झौता गराउन खोजेको छ । 

डाक्टर र नर्स निकै तनावमा रहेकाले नर्सले डाक्टरमाथि हात हालेको बताइएको छ । 
 

डीएमले घटनाको अनुसन्धान गर्ने आदेश दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्