११ साउन २०८३, सोमबार

इन्डोनेसियाका जलसैनिकलाई थियो मृत्युको पूर्वाभास ? अन्तिम गीतको भिडियो भाइरल

बैशाख १४, २०७८
इन्डोनेसियाका जलसैनिकलाई थियो मृत्युको पूर्वाभास ? अन्तिम गीतको भिडियो भाइरल

इन्डोनेसियाको जलसेनाले केही दिनअघि समुद्रमा डुबेको पनडुब्बी केआरआई नांगला ४०२ को अन्तिम भिडियो सार्वजनिक गरेको छ । 

भिडियोमा सैनिकहरूले बिदाइको गीत गाइरहेको देखिन्छ सुनिन्छ । 

भिडियो दुर्घटना हुनुभन्दा केही हप्ताअघि मात्र शूट गरिएको थियो । त्यसमा सैनिकहरू स्याम्पई जम्पा नामक इन्डोनेसियाको हिट गीत गाइरेहको सुनिन्छ । 
 

पनडुब्बीमा कुल ५३ जना सैनिक थिए । उनीहरू कसैको पनि ज्यान बचेन । पनडुब्बीका तीन टुक्रा भेटिएका छन् । पनडुब्बी डुब्ने खास कारण पत्ता लागेको छैन तर निर्धारित गहिराइभन्दा बढी नै तल गएकाले उनीहरू मारिएको हुन सक्ने बताइएको छ । 
 

पनडुब्बीका कमान्डर ह्यारी ओक्टेभियनले क्रू मेम्बरहरूसँग गितार बजाउँदै गीत गाएको सुनिन्छ । ‘म तिमीलाई गुमाउन चाहन्नँ, तिमीविना बाँच्न पनि सक्दिनँ, तिमीलाई शुभकामना छ’ गीतको बोल यस्तो थियो । 

इन्डोनेसियाको जलसेनाका प्रवक्ता डिजवारा विहेम्बोले केआरआई नंगलाका जलसैनिकहरूले यो गीत नेभी सबमरिन कोररप्सका कमान्डरको बिदाइका लागि गाएको बताए । यो अन्तिम गीत बन्ला भनी उनीहरूलाई थाहा नभएको उनको भनाइ छ । 
 

जलसेनाले सैनिकहरूको शव निकाल्नका लागि विशेष अभियान थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्