चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक भारत सीमा नजिक एयरस डिफेन्स युनिट बनाएको छ ।
युद्धको तयारीका लागि वेस्टर्न थिएटर कमान्डको नयाँ संयुक्त प्रणालीको एक अंगका रूपमा र संयुक्त हवाई प्रतिरक्षा प्रणाली स्थापना गर्न यो बनाइएको पीएलएले डेलीले मंगलवार खबर दिएको छ ।
वेस्टर्न थिएटर कमान्डलाई नै भारतसँगको सीमा हेर्ने जिम्मेवारी दिइएको छ र त्यहाँ भारी मात्रामा चिनियाँ सैनिकहरू तैनाथ गरिएका छन् ।
नयाँ प्रणालीले वेस्टर्न थिएटरमा अभ्यास गरेको समाचारमा उल्लेख छ तर ठ्याक्कै कहाँ हो भन्ने खुलाइएको छैन ।
उच्चस्तरीय अभ्यास सेनाको हवाई प्रतिरक्षा बलको युद्ध तयारीका लागि गरिएको बताइएको छ ।
नयाँ प्रणाली गठन गरेसँगै सबै स्तरमा संयुक्त अभ्यास गर्ने बाटो खुलेको समाचारमा उल्लेख छ ।